भुम्लिचोक । गोरखाको गण्डकी गाउँपालिकाको अध्यक्ष उम्मेद्वारको लागि नेकपा माओवादी केन्द्रले दीपक तिमल्सिना ‘साकार’लाई सिफारिस गरेका छन् ।
आइतबार बसेको माओवादी केन्द्रको गाउँ कमिटीको बैठकले तिमल्सिनालाई सर्वसम्मतले अध्यक्ष उम्मेद्वारका लागि सिफारिस गरेकाे साे पार्टीले जनाएकाे छ । यस अघि तिमिल्सिना साेही पालिका प्रुमखमा उपविजेता भएका थिए । तिमिल्सिना नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश समिति सदस्य हुन् ।
लामाे समयदेखि माओवादी आन्दाेलनमा हाेमिएका तिमिल्सिनाले यस पटक धेरै नै मतान्त्तरले विजयी हुने माओवादी कार्यकर्ताकाे दावी रहेकाे छ ।






