Home Breaking News नर्सलाइ जबरजस्ती गर्न खाेज्ने स्वास्थ्य निरीक्षक पक्राउ

नर्सलाइ जबरजस्ती गर्न खाेज्ने स्वास्थ्य निरीक्षक पक्राउ

सोमवार, बैशाख ५, २०७९
0
255

मनाङ, ५ बैशाख । गोरखा घर भएका एक जना स्वास्थ्यकर्मीले मनाङ जिल्ला अस्पतालमा कार्यरत स्टाफ नर्सलाइ जबरजस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ परेका छन् । जिल्ला अस्पताल चामेमा कार्यरत एक स्टाफ नर्सलाई आफ्नै कोठामा बोलाएर जबरजस्ती करणी गर्न खोजेको आरोपमा श्रेष्ठलाई मनाङ प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरिक्षक प्रेससागर केसीले जानकारी दिए ।

केसीका अनुसार श्रेष्ठले उक्त स्टाफ नर्सलाई शनिबार राती खोपको बारेमा छलफल गर्न भनेर ढाकेर उक्त कार्य गरेको उजुरीको आधारमा पक्राउ गरिएको हो । स्वास्थ्य कार्यालय मनाङमा परिवार नियोजन सुपरभाइजर निरीक्षक रहेका श्रेष्ठलाई शनिबार राती नै पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय मनाङले जानकारी दिएको छ ।

श्रेष्ठलाई जबरजस्ती करणी मुद्वामा जिल्ला अदालतबाट ७ दिनको म्यादथप गरि पुर्पक्षका लागि राखिएको र थप अनुसन्धान सुरु गरीएको प्रनाउ केसिले बताए । पिडित पक्षले आफुफाई बोलाएर जवरजस्ति गर्ने प्रयस गरे पछि भागेर साथिहरुलाई खवर गरेको र साथिहरु मार्फत प्रहरीमा खवर गरेका थिए । श्रेष्ठलाई शनिवार राति १ः०० वजे नै प्रहरीले पक्राउ गरेको थियो ।

NO COMMENTS