घर पुजा गर्न गएका पुजारी माटाेकाे ढिस्काेमा पुरिएर मृत्यु

सोमवार, बैशाख ५, २०७९
0
205

पाँचथर, ५ बैशाख । शिलन्यासको क्रममा माटोको ढिस्कोले पुरिएर पुजारीकाे मृत्यु भएकाे छ । पाँचथरको फिदिममा घर निर्माण गर्न शिलान्यास गर्ने क्रममा माथिबाट झरेको ढिस्कोमा पुरिएर पुजारी गोपाल प्रकाश ढुंगानाको मृत्यु भएको हो । ढुंगानालाई मदन पन्थाक परिवारले शिलान्यासका क्रममा पुजारीको रुपमा बोलाएको थियो ।

पहिरोले पुर्दा १० वर्षीया क्याट्रिना पन्थाक घाइते भएका थिए ।  सोमबार बिहान आठ बजे छिमेकी पन्थाकको घर सम्याइएको घडेरीमा घर निर्माणका लागि शिलान्यास गर्ने क्रममा अर्का छिमेकी लेखनाथ खतिवडाको सेप्टिक ट्यांकी फुटेर पहिरोको रुप लिँदै आएको ढुंगा र माटोले ढुंगानालाई पुरेको थियो ।

एक्सकाभेटर प्रयोग गरेर ढुंगानालाई बाहिर निकालिए पनि उनको त्यसअघि नै ज्यान गइसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । ६७ वर्षीय सेवा निवृत्त शिक्षक ढुंगाना सुखवोध मावि जोरसालका पूर्व प्रधानाध्यापक, एवं नेपाल शिक्षक संघ जिल्ला कार्य समितिका पूर्व सभापति थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here