गाेरखा । जिल्लामा मँगलबार देखि सुरु हुने भएको छ । जिल्लाका ११ स्थानीय तहमा कृषि गणना हुने भएकाे हाे । मँगलबार देखि शुरु हुने गणनाकाे काम जेठ १९ गते मात्र सकिने जिल्ला तथ्याङ्क कार्यालय गाेरखाका प्रमुख महेशप्रसाद ढुंगानाले बताए । कृषि गणनाका लागि आवश्यक जनशक्तिलाइ तालिम दिएर सम्बन्धित क्षेत्रमा खटाइएकाे उनले बताए ।
जिल्ला भरी ११ जना सुपरिवेक्षक र ७५ जना गणकहरु खटिएका छन् । कृषि क्षेत्रको योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कनका लागि राष्ट्रलाइ आवश्यक पर्ने तथ्याङ्क लिन कृषि गणना गरिएकाे ढुङ्गानाकाे भनाइ छ ।
११ स्थानीत तह र ९४ वटा वडा रहेकाे जिल्लाका प्रत्येक घरधुरीमा पुगेर कृषि सम्बन्धि तथ्याङ्क लिइने भएकाले सत्य तथ्याङ्क दिएर सहयाेग गर्न जिल्ला तथ्याङ्क कार्यालय गाेरखाका प्रमुख ढुङ्गानाले सबै गाेरखावासीहरुमा अनुराेध गरेका छन् ।






