काँग्रेसका बुथ प्रतिनिधि हतियार सहित पक्राउ

बुधबार, बैशाख २८, २०७९
0
227

बैशाख २८, गाेरखा। गोरखामा कांग्रेसका कार्यकर्ता हतियारसहित पक्राउ परेका छन् । गण्डकी गाउँपालिकाको तोमनडाडाँमा  बुधबार बिहान करिब ११ बजे सर्वदलीय बैठक बसिरहेको समयमा काँग्रेसका कार्यकर्ता मनोज गुरुङ हतियारसहित पक्राउ परेको घ्याल्चोक प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार आज निर्वाचन अधिकृतको कार्यालयमा बोलाइएको सर्वदलीय बैठकमा काँग्रेसको तर्फबाट प्रतिनिधि भएर गएका गुरुङको झोलाबाट खुकुरी फेला परेको हो । गुरुङलाई खुकुरीसहित नियन्त्रणमा लिएको उहाँले बताउनु भयो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here