गोरखा । बारपाक सुलिकाेट गाउँपालिकाको अध्यक्षमा विष्णु प्रसाद भट्ट निर्वाचित हुनु भएकाे छ ।
शनिबारबाट सुरू भएको मतगणनामा उहाँका प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जित बहादुर घलेलाई हुनुहु्थ्याे ।
नेकपा माओवादी केन्द्रका उम्मेदवार रहनुभएका भट्टले ५ हजार १९८ मतसाथ विजयी हुनु भएकाे हाे । उहाँका नकिटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका घलेले ४ हजार २८४ मत प्राप्त गर्नुभएकाे छ ।
उपाध्यक्षमा माओवादी केन्द्रकी सनमाया गुरूङ दोस्रो पटक निर्वाचित हुनुभएकाे छ । उहाँ नेपाली काँग्रेसकी लेख माया रानासँग प्रतिस्पर्धी हुनुहुन्थ्याे । विजयी र प्रतिस्पर्धी उम्मेदवारहरुले गाउँपालिका प्राङ्गणमा एक आपसमा बधाइ आदान प्रदान गरी सामूहिक तस्वीर खिचाउनुभएकाे छ ।






