आगलागीका कारण घरगाेठ जलेर नष्ट

बुधबार, कार्तिक ९, २०७९
0
145

गोरखा । गण्डकी गाउँपालिका वडा नम्बर ८ स्थित तोरीस्वाराँमा  आगलागी भएको छ । आगलागीबाट गोठ जलेर पूर्ण क्षति भएको छ । तर मानविय क्षती भने हुन नपाएको वडाध्यक्ष कोकिल पुलामी मगरले जानकारी दिए ।

गण्डकी गाउँपालिका–८ स्थित तोरीस्वाँराका बिष्णु श्रेष्ठको घर संगै रहेको गोट मध्यान्ह्र करिब १२ः०६ बजे आगलागी हुँदा पूर्ण क्षति भएको वडाध्यक्ष मगरले बताए ।

आगोलागी भएलगत्तै स्थानीयबासीले आगो नियन्त्रणमा लिन सफल भएका थिए । आगलागिका कारण घरमा रहेका नगद, गरगहना, अन्नपात सबै जलेका छन् ।  । घटनास्थलमा प्रहरीको टोली पुगेकाे छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here