मेरो जीवनकालमा भएको राजनैतिक परिवर्तन फिल्म जस्तो लाग्दछ : प्रचण्ड

शुक्रबार, कार्तिक ११, २०७९
0
168

आरुटार, गाेरखा ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो जीवन कालमा भएको राजनैतिक परिवर्तन फिल्म जस्तो लागेको बताएका छन् । आज साँझ जिल्लाको आरुघाट गाउँपालिका वडा नम्बर ९ स्थित आरुटारमा स्थानीयहरुसँग कुरा गदैैै दाहालले आफ्नै जीवनकालमा धेरै उतारचढाव भएको र धेरै नागरिकहरुका अधिकार स्थापित भएकाले फिल्म जस्तो लागेको बताए ।

४६ वर्ष पहिले शिक्षणको क्रममा आफू बसेकै स्थानमा आउन पाउँदा अत्यन्तै खुशी लागेको बताउँदै अध्यक्ष दाहालले समकालिन समयका दर्जन बढी सहपाठीहरुको नाम समेत लिएका थिए  ।

आफ्नो उम्मेदवारी गोरखाबाट हुन गोरखाका लागि फाइदा रहेको बताए  । मध्यपहाडी लोकमार्ग,बुढीगण्डकी जलविद्युत परियोजना,बेनिघाट आरुघाट लार्के सडक निर्माणको काम समयमै सम्पन्न गरिने अध्यक्ष दाहालले बताए ।

चुनावी भेटघाटको क्रममा गोरखा आइ पुग्नुभएका पूर्व प्रधानमन्त्री दाहाल दुइ दिन सम्म गोरखा रहने कार्यक्रम रहेको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य लेख बहादुर थापा मगरले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here