चुमनुब्री गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ मन्त्रालय सरुवा

मङ्लबार, असाेज २, २०८०
0
240

गाेरखा । चुमनुब्री गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठ भूमी व्यवस्था मन्त्रालय काठमाण्डाै सरुवा भएका छन्  । चुमनुब्री गाउँपालिकामा रहेर सेवा गरेका श्रेष्ठ साउन २५ गते सरुवा भएका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएकाे छ।

चुमनुब्री गाउँपालिकाकाे प्रमुख प्रशासकीय अधिकृतमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा कार्यरत रहेका मनाेज लामिछाने आउने भएका छन् । लामिछाने कार्यलयबाट रमाना लिएर हिडेकाे जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएकाे छ ।

चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाका अनुसार ४ वर्षदेखि कार्यरत रहेका श्रेष्ठकाे रमाना सहितकाे विदाइ एकदुइ दिनमा हुन्छ ।  दुर्गम क्षेत्रमा काम गर्ने अधिकृतहरुलाइ सामान्य प्रशासन मन्त्रालयले सुगम क्षेत्रमा सरुवा गर्ने गरेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here