आँबुखैरेनीमा दोस्रो पालिका स्तरीय अध्यक्ष कप व्याटमिन्ट्न प्रतियोगिता असोज १२ र १३ मा हुने

सोमवार, असाेज ८, २०८०
0
151

आँबुखैरेनी । तनहुँको आँबुखैरेनीमा पालिका स्तरीय दोस्रो अध्यक्ष कप व्याटमिन्ट्न प्रतियोगिता हुने भएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका ३, स्थित श्री कृष्ण चलचित्र हलमा यहि असोज १२ र १३ गते प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा बि लेभल पुरस्कार अन्तर्गत प्रथम हुने टिमले नगद ५० हजार, ट्रफी, मेडल, प्रमाणपत्र, द्वितीय हुने टिमले नगद ३० हजार ट्रफी, मेडल, प्रमाणपत्र, तृतीय हुने टिमले नगद १० हजार ट्रफी, मेडल, प्रमाणपत्र, तृतीय हुने टिमले नगद १० हजार ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन ।

यसैगरी, आँबुखैरेनी गाउँपालिका भित्रका लागि सी लेभल पुरस्कार अन्तर्गत प्रथम हुने टिमले नगद २० हजार, ट्रफी, मेडल, प्रमाणपत्र, द्वितीय हुने टिमले नगद १० हजार ट्रफी, मेडल, प्रमाणपत्र, तृतीय हुने टिमले नगद ५ हजार ट्रफी, मेडल, प्रमाणपत्र, तृतीय हुने टिमले नगद ५ हजार ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष कप व्याटमिन्ट्न प्रतियोगिताका संयोजक दिपक गुरुङले जानकारी दिए ।

Mavis 350 प्लास्टिक सटल ककद्वारा खेलाईने खेलको टिम दर्ता मिति असोज ११ गते सम्म तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here