गोरखा । तमु नायिका तथा मोडल जोनिशा गुरुङ द्वारा निर्माण गरिएको पहिलो म्युजिक भिडियो ‘न्याक गाउँ’ पौष १५ गते ल्होसारको दिन सार्वजनिक गर्ने तयारी भएको छ ।
जिल्लाको अत्यन्तै बिकट ठाउँमा पर्ने न्याक गाउँ चुमनुब्री गाउँपालिकामा पर्दछ । जुन ठाउँको बारेमा धेरैलाई जानकारी समेत छैन ।
भिडियो निर्माण गर्नुको मुख्य उद्देश्य उत्तरी गोरखाको रुपिनाला पदमार्ग र अत्यन्तै बिकटमा पर्ने गाउँ लाई विश्वसामु चिनाएर पर्यटकीय सम्भावना र आफ्नो जन्मथलोको माया साथ साथै गुरुङ जातिको कला संस्कृती, रीतिरिवाज र समुदायको चालचलनलाई संरक्षण र प्रवर्द्धन गर्नको निम्ति निक्कै दुख कष्टका साथ भिडियो निर्माण गरिएकाे उनले बताइन ।
गायिका सुमिना लामा र गायक आँसु लामाको स्वरमा सजिएको गीतको भिडियोमा जोनिशालाई अहिलेका चप्लेटी मोडल मनोज गुरुङले साथ दिएका छन् ।
भिडियोलाई (तोल बहादुर) लभसन गुरुङको निर्देशन र दीपेश केसीको छायाङ्कन रहेको उक्त भिडियो ल्होसारको दिन गाउँपालिकामा सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।
सोही भिडियोलाई जोनिशा गुरुङ युट्युब च्यानल मार्फत सार्वजनिक गरिने गुरुङले जानकारी गराइन ।