
अभिषेक तामाङ
गोरखा आरुघाट गाउँपालिका निबासी हाल काठमाडौ बसोबास गर्दै आएका पर्यटन ब्यबसायी एवं समाजसेवी आदरणीय प्रेम कुमार खत्रीले सञ्चालन गरेको सम्भव नेपालद्धारा आयोजित हिमालयन एम्बुलेन्स परियोजनाको दोस्रो चरणमा रही गोरखा जिल्लाका विभिन्न गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुलाई ‘ख’ बर्गको ६ थान एम्बुलेन्स र स्वास्थ्य सामाग्रीहरु प्रदान गरेको छ ।
जिल्ला समन्वय समितिको प्राङ्गणमा आज भएको कार्यक्रम गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री मा.सुरेन्द्रराज पाण्डले स्वास्थ्य सँस्थाहरुलाई एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो ।
एम्बुलेन्स हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले विकास निर्माणका लागि समाजलाई मनकारी युवाहरुको खाँचो रहेको बताउनुभयो । सम्भव नेपालको सत्कार्य प्रति आफू आभारी रहेको बताउनुभयो ।
यस अघि सम्भव नेपाल मार्फत ६ वटा एम्बुलेन्स जिल्लाका विभिन्न स्थानीय तहलाई हस्तान्तरण गरिएको सम्भव नेपालका अध्यक्ष प्रेम खत्रीले जानकारी दिनुभयो ।
आज प्रदान गरिएर्को ख बर्गको एम्बुलेन्स तथा स्वास्थ्य सामाग्रीहरु पाउने स्वास्थ्य संस्थाहरु गण्डकी गाऊपालिका वडा न ५ दर्बुङ स्वास्थ्य चौकी १ थान ,आरुघाट गाऊपालिका थुमी स्वास्थ्य चौकी १ थान, चुमनुब्रि गाऊपालिका सिर्दिबास स्वास्थ्य चौकी १ थान ,सिरान्चोक गाऊपालिका श्रीनाथ कोट स्वास्थ्य चौकी १ थान सिरानचोक गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय छोप्राक, गोरखा ,अजिरकोट गाऊपालिका भच्चेक आधारभुत अस्पताल १ थान, बारपाक सुलिकोट गाऊपालिका शहिद प्रेम ढकाल स्मृति आधारभुत अस्पताल १ थान, प्रदान गरेका छन् ।
पालुङ्टारको कोटगढी आधारभूत स्वास्थ्य चौकीका लागि थप एक थान एम्बुलेन्स प्रदान गर्ने खत्रीले जानकारी दिनुभयो ।
एम्बुलेन्ससँगै आइएलआर, अस्पताल बेड, डेलिभरीबेट, इलेक्ट्रिक हिटर, नोजल, ब्लाङकेट, ट्रलि, बेडसेट, वेडसाइड स्कृनिङ, वेडसाइड लकर लगायतका स्वास्थ्य सामाग्रीहरु समेत रहेका छन् ।
एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुसिला सिँखडा, प्रदेश साँसद फणिन्द्र देवकोटा, गाउँपालिकाका जनप्रतिनधिहिरुको सहभागिता रहेको थियो ।





