काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा बुधबार बिहान हुने भनिएको नेपाल र श्रीलंकाबिचको खेल रद्द भएको छ ।
अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा नेपाली समयअनुसार बिहान ५ः१५ बजे सुरु हुनुपर्ने खेल वर्षाका कारण रद्द भएको हो ।






