यातायात बन्दकाे दाेस्राे दिन गाेरखामा सवारी साधन ठप्प

शनिबार, जेष्ठ १८, २०८२
0
132
सँधै भिड हुने १२ किलाे क्षेत्र चकमन्न अवस्थामा । तस्वीर राजेन्द्र न्याैपाने

राजेन्द्र न्याैपाने

गाेरखा । यातायात व्यावसायी राष्ट्रिय महासँघ गण्डकी प्रदेशकाे आह्वानमा भएकाे यातायात बन्दकाे प्रभाव गाेरखामा पूर्ण रुपमा परेकाे छ । ग्रामीण तथा शहरी क्षेत्रमा जाने सवारी साधनहरु आज विहानै देखि चलेका छैनन् । आफ्ना निजी सवारी साधनहरु हुनेहरु गन्तव्य तर्फ गएपनि सार्वजनिक सवारी साधनमा हिड्नेहरु गन्तव्यमा पुग्न सकेका छैनन् ।

राइड सेयरीङ सम्बन्धी गण्डकी प्रदेश सरकारले केन्द्र सरकारसँग बाझिने गरी कानुन ल्याएर राजपत्रमा प्रकाशित गरेपछि यातायात व्यावसायीहरु आन्दाेलनमा उत्रिएका छन् ।

माैखिक आदेशका भरमा देशैभरी पठा‌ओ र इन्ड्राइभका राइड सेयरीङ चलिरहेका थिए । गण्डकी प्रदेश सरकारले कानुन नै बनाएर उनीहरुलाइ वैधानिकता दिएकाे गाेरखा मनकामना यातायात कम्पनीका अध्यक्ष सुरेन्द्र लामिछानेले बताउनुभयाे ।

राज्यलाइ कर तिर्ने कालाे नम्बर प्लेटका विरुद्ध आफ्ना व्यक्तिगत प्रयाेजनका लागि भनेर ल्याएका सवारीलाइ भाडामा लगाउन नियम बनाउनु सवारी तथा यातायात व्यवस्था एेन २०४९ काे  दफा ८ २ र १२ १ विपरीत भएकाे लामिछानेकाे भनाइ छ ।

दफा ८ २ मा निजी प्रयाेजनका लागि दर्ता भएका सवारी साधन भाडामा लगाउन नपाइने व्यवस्था रहेकाे छ भने दफा १२ १ मा  कुनै एक प्रयाेजनका लागि दर्ता भएकाे सवारी साधन अर्काे फर्क प्रयाेजनका लागि प्रयाेग गर्न नपाइने व्यवस्था रहेकाे गाेरखा दराैदी यातायात कम्पनीका सञ्रचालक समिति अध्धक्ष दिपक वाेहराले जानकारी दिनुभयाे ।

गण्डकी प्रदेश सरकारले राजपत्रमा प्रकाशित गरेकाे कानुन फिर्ता नभएसम्म आन्दाेलन नराेकिने वाेहराकाे भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here