दोस्रो तान्द्राङ कप खुला पुरुष फुटबल प्रतियोगिताकाे उपाधि विजेता लोकतान्त्रिक क्लब

सोमवार, माघ ६, २०८२
0
25

गाेरखा ।  गोरखा जिल्लामा आयोजित सर्वाधिक धनराशिको दोस्रो तान्द्राङ कप खुला पुरुष फुटबल प्रतियोगिता – 7A-साइड  सम्पन्न भएको छ। प्रतियोगिता पुष २८ देखि माघ १ सम्म भीमसेन थापा गाउँपालिका वडा नं. ३, कुलिगैरा खेलमैदानमा आयोजना भएकाे थियाे ।

प्रतियोगितामा  १२ टिमले सहभागिता जनाएका थिए। प्रतियोगिता तान्द्राङ युवा क्लब का अध्यक्ष सचिन खनालको नेतृत्वमा  सम्पन्न भएको हो।

खेलमा लोकतान्त्रिक क्लब विजेता भइ रु. १,६६,६६६ उपविजेता: आयोजक तान्द्राङ युवा क्लब  रु. ८८,८८८ तेस्रो स्थान: हिमालयन हब, काठमाडौं  रु. ४४,४४४ नगद पुरस्कार प्राप्त गरेका छन् ।

यसले गोरखामा फुटबलको स्तर बढाउने मात्र नभई युवा प्रतिभा पहिचानमा पनि ठूलो योगदान पुर्‍याउने अपेक्षा गरिएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here