दुइदिन देखि अवरुद्ध विद्युत सञ्चालनमा ल्याउन काम हुँदै

आइतवार, साउन १०, २०७८
0
291

गोरखा १०, साउन । गोरखा सदरमुका सहित जिल्लाका त्रिभिन्न क्षेत्रमा शनिबार बिहानदेखि अबरुद्ध बिद्युत सूचारु गर्न नयाँ बिकल्पको खोजी गरिएको छ । गोरखा बितरण केन्द्रमा रहेको मुख्य ट्रान्सर्फमरमा बिग्रिए संगै ११ केभिएको लाईन सञ्चालनको तयारी थालिएको कार्यालयका प्रमुख नेत्रमणी न्यौपानले जानकारी दिए ।

शनिबार बिहान अकस्मात केन्द्रमा रहेको ६/८ को ट्रान्सर्फरमा समस्या आएपछि नयाँ मेशिन नराख्दा सम्मकोलागि तनहुँको आँबुखैरेनी देखी गोरखा सदरमुकाम सम्म रहेका प्रशारण केन्द्रमा ११ केभिएको लाईन सञ्चालन गरी बिद्युत सुचारु गर्ने तयारी गरिएको उहाँले बताउनुभयो । बिद्युत अबरुद्ध भएपछि सदरमुकाम र वरपर बिद्युत अबरुद्व भए संगै गोरखा बजार र आसपासका क्षेत्रमा पानी, ईन्टरनेट, रेडियो, पत्रपत्रिका तथा मोबाईल नेटर्वकमा समस्या देखिन थालेको छ ।

सदरमुकामबाट सञ्चालित रेडियो गोरखा, च्वाईस एफएम, रेडियो र रेडियो मातृभूमीको प्रशारण बन्द भएको छ भने दरौदी, सुरुवात र गोरखा समाचार दैनिक पत्रिका प्रकाशन बन्द भएको छ ।  त्यस्तै गरी गोरखा बजार तथा आसपासमा लिफ्टीङ प्रविधीमा आधारीत सबै खानेपानी सेवा प्रभावित भएको छ । यता गोरखा बजार क्षेत्रमा रहेको प्राय सबै मोबाईल नेटर्वक कमजोर देखिन थालेको छ ।

आज आइतबार भएको कारण बिद्युत सुचारु हुन नसकेको खण्डमा सरकारी काम लिएर आउने सबै जना प्रभावित हुने निश्चित छ । तनहुँको आँबुखैरेनी देखी गोरखा सदरमुकाम सम्म आएको ३३ केभिए लाईनलाई आँबुखैरेनीकै सव स्टेशनमा ११ केभिएमा परिवर्तन गर्न प्राविधिकहरु बिहानै देखी काममा लागेको पनि गोरखा प्रशारण केन्द्रका प्रमुख न्यौपानले बताए ।

न्यौपानेका अनुसार गोरखा सदरमुकाममा रहेको प्रशारण केन्द्र र तनहुँको आँबुखैरेनीमा रहेको सव स्टेशनमा प्राविधीकहरुले ३३ केभिएको लाईनलाई ११ केभिएमा परिवर्तन गरिरहेको र काम सफल भएको खण्डमा बिहान ११ बजे सम्म गोरखा सदरमुकाममा लाइन सञ्चालन हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here