वडा अध्यक्ष भुसालकाे काेराेना सङक्रमणका कारण निधन

सोमवार, साउन ११, २०७८
0
310
काेराेनबाट मृत्यु भएकाक नागिरक । फाइल तस्वीर

साउन ११, अर्घाखाँची । कोरोना सक्रमणबाट उपचारका क्रममा वडाध्यक्षको मृत्यु भएको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष ईश्वरीप्रसाद भुसालको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

उनको काठमाडौंको ह्याम्स अस्पतालमा आज मृत्यु भएको अस्पतालले पुष्टी गरेको छ । अर्घाखाँची अस्पतालमा उपचार गर्दागर्दै स्वास्थ्य अबस्था थप जटिल बनेपछि ६१ वर्षीय भुसाललाई थप उपचारका लागि ४ दिनअघि हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं लगिएको थियो।

भुसाल नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here