लुम्विनि प्रदेशको प्रमुखमा अमिक शेरचन,गण्डकी प्रदेशको प्रमुखमा पृथ्वीमान गुरुङलाई सिफारिस

बुधबार, साउन १३, २०७८
0
275

काठमाण्डौ, साउन । ओली सरकारले प्रदेश प्रमुखबाट पदच्यूत गरेका लुम्विनि प्रदेशको प्रमुखमा अमिक शेरचन देउवा सरकारले फेरि प्रदेश प्रमुखमा नियुक्त गरेको छ । नेकपा माओवादी केन्द्रको सिफारिसमा सरकारले लुम्बिनीका प्रदेश प्रमुखमा शेरचन र गण्डकी प्रदेशको प्रमुखमा पृथ्वीमान गुरुङलाई सिफारिस नियुक्त गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखहरू सीतादेवी पौडेल र धर्मनाथ यादवलाई पदबाट आजै पदबाट बर्खास्त गरि उहाँहरुलाई प्रदेश प्रमुखमा नियुक्त गरेको जनाएको छ । मन्त्रिपरिषद्को मंगलबारको निर्णय तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा प्रदेश प्रमुखहरूलाई पदमुक्त र नयाँ नियुक्ति गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले पौडेल र यादवलाई पदबाट हटाउँदै उनीहरूको ठाउँमा गुरुङ र शेरचनलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here