छाेरीलाइ बलत्कार गर्ने बाबु र काका पक्राउ, गाेरखा नगरपालिकामा जनप्रतिनिधबाट बलत्कारीलाइ सँरक्षण

आइतवार, साउन २४, २०७८
0
391

गाेरखा ।  गाेरखा प्रहरीले पालुङ्टार नगरपालिका वडा नं. ८ का ३७ वर्षीय  रामलाल (नाम परिवर्तन)  बुबालाई घरैबाट र काकालाई तनहुँबाट आइतबार पक्राउ गरेको  छ। उनीहरुले आफ्नी छाेरीलाइ पटक पटक  बलत्कार गर्दै आएकाे आराेप लागेकाे छ ।

पीडित बालिकाकी फुपूले आफ्ना दाजु र भाइ दुवैजनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको डिएसपी प्रकाश दाहालले बताए । उनीहरु माथी ११ वर्षीया बालिकालाई बारम्बार बलात्कार गरेको आरोप लागेको छ ।

पटक पटक बलात्कारको शिकार बनेपछि बैशाखदेखी पाठेघरको बिरामी बनेकी बालिकाले गत असार २७ गते प्रसूती गृह थापाथली अस्पतालमा उपचारको क्रममा घटना बारे फुपूसमक्ष बताएकी थिइन् ।

श्रीमती परपुरुषसँग बिहे गरी गएपछि एक्लिएका बुबाले आफूलाई घरभित्रै बारम्बार जबर्जस्ती करणी गर्दै आएकोमा साथै काकाले समेत गत कात्तिक महिनामा आफूलाई बलात्कार गरेको पीडित बालिकाकी फुपूले प्रहरी समक्ष दिएको जाहेरीमा उल्लेख गरिएको छ ।

उनीहरुविरुद्ध जबर्जस्ती करणीको शीर्षकमा मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको डिएसपी दाहालले जानकारी दिए ।

बाबुबाट छाेरी बलात्कृत हुनेकाे सँख्या गाेरखा जिल्लाम सबै भन्दा धेरै गाेरखा नगरपालिका भित्रका वडाहरुमा रहेकाे छ । नगरिभत्र जिल्ला र नगरकाे एक स्थानमा मात्रै प्रहरी चाैकी रहेकाे छ । स्थानीय जनप्रतिनिधिहरुले घटानालाइ गाउँघरमा मिलाउँदै आएका छन् ।

यसबारेमा नगरपालिकामा किशाेरी शिक्षा कार्यक्रम सञ्चालन गर्न पटक पटक आग्रह गरेपनि नगरपालिका बाट अस्विकृत हुँदै आएकाे छ । बाबुबाट छाेरी बलात्कृत हुनुलाइ गाेरखा नगरपालिका क्षेत्रमा भने सामान्य मान्य चलन रहेकाे जनप्रतिनिधिहरुकै  भनाइ छ ।

नाेट : यस अघि नगरप्रमुखकाे नाम जाेडिन गएकाेमा सुधार गरिएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here