गाेरखा । नेपाली काँग्रेस गाेरखाकाे चाैँधाे महाधिवेशनका लागि आज भएकाे सँघीय निर्वाचन क्षेत्रका महाधिवेशन प्रतिनिधिका लागि भएकाे मतदानमा कूल १०० मत गणना गर्दा काँग्रेसका जिल्ला सचिव नन्द प्रसाद न्याैपानेले ८८ मत प्राप्त गरेका छन् । राजेन्द्र बजगाइँले ७५, राजनराज पन्त ६४, प्रेम कुमार खत्री ६१ पूर्ण बहादुर दाहाल ५५, इश्वर पाण्डे ३७, किरणबाबु श्रेष्ठ ५०, कृष्ण प्रसाद भट्ट १०, चेत बहादुर अधिकारी ३३, जगत बहादुर बराम १७, जनार्दन अर्याल २२, जीवनप्रेम श्रेष्ठ २०, टिकाराम गुरुङ ४१, ठाकुर प्रसाद पुडासैनी ३७, डिल्लीराम तिमिल्सिना ४०, देवेन्द्र वाग्ले ६२, धिरन थापा ५९, प्रविन तिवारी १४, विश्वदेव श्रेष्ठ ३९, बुद्धिप्रसाद श्रेष्ठ १७, भूगाेल थापा २१ शरद श्रेष्ठ ८ मत प्राप्त गरेका छन् । मत गणना जारी छ ।
महाधिवेशन प्रतिनिधिका लागि गाेरखा जिल्लामा काँग्रेसका नेता कार्यकर्ताहरुले तामझामका लागि निर्वाचनमा भाग लिएका थिए । राजनैतिक वृतमा यसलाइ महत्वका साथ हेर्ने गरिन्छ । धेरै मत ल्याउनेले पपुलर नेताका रुपमा चिन्ने प्रचलन विश्व भरी रहँदै आएकाे छ ।






