तनहुँ । २०३८ सालकाे माघ महिनामा छिम्केश्वरी थान वरपर हिउँ परेकाे थियाे । माघ महिनाकै दिन आज ४० वर्ष पछि फेरी छिम्केश्वरीमा हिउँ परेकाे छ । पहिले सामान्य हिउँ परेपछि यस वर्ष बाक्लाे हिउँ परेकाे स्थानीयहरुले बताएका छन् । हिउँ परेकाे थाहा पाएपछि आफूहरु हिउँ खेल्न छिम्केश्वरी पुगेकाे स्थानीय पृथ्वी कुमार थापाले बताए ।

दुइ हजार १३४ मिटर अग्लाे उचाइमा रहेकाे छिम्केश्वरी डाँडामा यतिबेला निरन्तर हिउँ परिरहेकाे कन्यादेवी माविका शिक्षक सुर्यमान गुरुङले बताए । हिउँ परेपछि तल्लाे क्षेत्रबाट मानिसहरु उल्लेख्य सँख्यामा छिम्केश्वरी तर्फ आएकाे उनले बताए ।
तस्वीरहरु हेर्नुहाेस् ।








