गोरखा २२, माघ । नेकपा माओवादी केन्द्र भीमसेन थापा गाउँपालिका समितिले पार्टीका प्रदेश समितिका सल्लाहकार गोपाल बराईलीको आमा फुलमती सुनारको १३ औं पुन्यतिथीमा शनिबार श्रदान्जली सभा सम्पन्न गरेको छ । गाउँपालिकाको वडा नम्बर १ मसेल स्थित घरमा स्वर्गिय सुनार प्रति श्रद्धान्जली र परिवार प्रति समवेदना व्यक्त गर्न माओबादी केन्द्रले श्रदान्जली सभाको आयोजना गरेको हो ।
श्रदान्जली सभामा माओबादी केन्द्रका केन्द्रीय सदस्य तथा गोरखा जिल्लाका सहइन्चार्ज अमर तमुले स्वर्गिय सुनार प्रति श्रद्धान्जली व्यक्त गदै परिवारजनमा समबेदना व्यक्त गर्नुभयो । जनयुद्धका क्रममा उहाँले पार्टीलाई गर्नुृभएको सहयोग पार्टीका नेता कार्यकर्ताहरुले कहिल्यै बिर्सन नसक्ने भन्दै केन्द्रीय सदस्य तमुले उहाँको कम्युनिष्ट आन्दोलन प्रतिको बुझाईका कारण नै परिवारका सदस्य माओबादी आन्दोलनमा सरिक हुन सम्भव भएको बताए ।
श्रद्धान्जली कार्यक्रममा पार्टीका अर्का केन्द्रिय सदस्य सुशिला सिंखडा, प्रदेश समिति सदस्य लोकप्रसाद बन्जार (अक्कल), भीमसेन थापा गाउँपाटी समितिका अध्यक्ष बिनोद पाण्डे, स्वर्गिय सुनारका छोरा तथा माओबादी केन्द्र गण्डकी प्रदेश समितिका सल्लाहकार गोपाल बराइलीले श्रद्धान्जली मन्तव्य राख्नु भएको थियो । लामो समयदेखि बिरामी पर्नुभएकी सुनारको माघ १३ गते निधन भएको थियो ।






