गोरखा । गोरखा अस्पतालको ल्याबमा कल्चर एण्ड सेन्सेटीभिटि टेस्ट सेवा सुरु भएको छ । रगत, खकार, पिसाब लगायतका कल्चर सेवा सुरु भएको अस्पतालले जनाएको छ । रोग निदान एंव उपचारका लागि किटाणुको पहिचान गर्न र औषधिको प्रभावकारीता एकिन गर्न गरिने कार्य कल्चर हाे । कुन भाइरस वा व्याक्टेरीयाका कारण राेग लागेकाे छ साे कुरा पहिचान गरी औषधी चलाउन सहज हुने प्राविधककाे भनाइ छ ।
अन्दाजकाे भरमा एन्टिवायोटिकको जथाभावि प्रयोग घटाई भविष्यमा हुने एन्टिवायोटिक रेसिस्टेन्ट कम गर्न सहयोग पुग्ने अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. हरिकुमार श्रेष्ठले बताए ।
गाेरखा अस्पतालमा गुणस्तरीय सेवाकाे थालनीसँगै प्राविधक सेवा थप भएकाे हाे । विहान १० बजेदेखि बेलुका ५ बजेसम्म र इमरजेन्सी अवस्थामा २४ सै घण्टा सेवा लिन सकिने श्रेष्ठले जानकारी दिए ।
यस अघि कल्चरका लागि चितवन, काठमाण्डाै, पाेखरा लगायतका शहरमा जानुपर्ने बाध्यता थियाे ।






