डाक्टर बाबुराम भट्टराइले भने, खर्च कम गराैँ

सोमवार, चैत्र २८, २०७८
0
181
गाेरखा । डाक्टर बाबुराम भट्टराइले देशकाे अर्थतन्त्रका सुधारका लागि  भन्दै नागरिकहरुलाइ खर्च कम गर्न आव्हान गरेका छन्  । उनले आज विहान आफ्नाे फेसबुक मार्फत यसरी लेखेका छन् ।
जनहितमा जारी…
बिदेशी मुद्रा संचिती घट्दै गएर हामी पनि गम्भीर आर्थिक संकट तर्फ जादैछौ। हामी देशभक्त हौ भने हाम्रो तर्फबाट केही योगदान गर्नै पर्छ ।
१. बिदेशमा रोजगार नेपालीले पैसा रेमिटान्स मार्फत पठाउनु होला।थोरै पैसा को लोभमा हुण्डी मार्फत पठाउनु भयो भने तपाईंको परिवारले पैसा त पाउछ तर त्यसले उपभोग्य सामान किन्न पाउने छैन।
२. हामीले आजै बाट बिदेश बाट डलर तिरेर आयात गरेका बिलासिताका सामान (गाडी सुन बिदेशी रक्सी लगायतका) किन्न बन्द गरौ। स्वदेशी उत्पादन मज्जाले किन्नुस।
३. बिदेश भ्रमणको योजना बन्द गरौ।आन्तरिक भ्रमण मजाले गरौ।
४. केही महिनाको लागि बिदेशी कपडा, शृङ्गार,खाना लगायत बन्द गरौ।स्वदेशी खुला गरौ।
५. पेट्रोलियम पदार्थको खपत कम गर्न ब्यक्तिगत गाडीको सट्टामा सार्वजनिक गाडी प्रयोग गरौ।गाडी थन्क्याएर बाइक प्रयोग गरौ। साइकल र पैदल यात्रा ले स्वास्थ लाई पनि फाइदा गर्छ ।
६. केही महिना पुरानो मोबाइल प्रयोग गरौ।नयाँ स्मार्ट फोन खरिद नगरौ।
७.कृषी उत्पादन बढाउन लागिपरौ अनि आत्मनिर्भर तर्फ उन्मुक्त हुने योजना निर्माण गरि कुरा होइन काम गरौ
हेक्का राखौं : मेरो पैसा हो म जे सुकैमा खर्च गर्छु भन्ने सोच भएका करोडपती श्रीलंकनहरु संग अहिले पैसा छ तर पेट खाली हुन लागेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here