गाेरखामा सञ्चारकर्मिहरुका लागि पत्रकारिता तालिम सुरु

बुधबार, बैशाख ७, २०७९
0
173

गाेरखा । नेपाल पत्रकार महासँघ गण्डकी प्रदेशकाे आयाेजना, कानुन सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय गण्डकी प्रदेशकाे सहयाेग र नेपाल पत्रकार महासँघ गाेरखा शाखाकाे समन्वयमा गाेरखा जिल्लाका पत्रकारहरुका लागि पाँचदिने पत्रकार तालिम आजबाट सुरु भएकाे छ ।

जिल्ला सदरमुकाम स्थित हाेटल सत्यममा भएकाे तालिममा जिल्लामा रहेर पत्रकारिता गरिररहेका , सिक्दै गरेका पत्रकारहरुकाे सहभागिता रहेकाे छ । पाँच दिन सम्म आधारभूत पत्रकारिताका सँगै माेवाइल पत्रकारिताका बारेमा तालिम प्रदान गरिने महासँघ गण्डकी प्रदेशका महासचिव गाेविन्द सुवेदीले बताए  ।

तालिमकाे उद्घाटन नेपाल पत्रकार महासँघ गण्डकी प्रदेशका सचिव सुशिलबाबु श्रेष्ठ (कैलास) ले गरेका थिए । तालिम उद्द्घाटनमा बाेल्दै श्रेष्ठले तालिम पछि गाेरखा जिल्लामा रहेर पत्रकारिता गर्ने पत्रकारहरुकाे सीप र क्षमतामा वृद्धि हुने बताए । जिल्लामा रहेका सबै पत्रकारहरुका लागि तालिमका लागि सहयाेग गर्ने कानुन सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय गण्डकी प्रदेशलाइ विशेष धन्यवाद रहेकाे उनकाे भनाइ छ ।

महासँघका गण्डकी प्रदेश काेषाध्यक्ष राजेन्द्र न्याैपानेले प्रदेश भरी रहेका पत्रकारहरुलाइ प्रशिक्षित गरेर गण्डकी प्रदेशकाे पत्रकारितालाइ उचाइमा पुर्याउन महासँघ लागिरहेकाे बताए । आर्थिक कार्यविधि २०७५ काे सिमा भित्र रहेर कार्यक्रम गरिएकाे बताउँदै याे तालिमले  गाेरखा जिल्लाका पत्रकारलाइ नयाँ प्रविधिकाे बारेमा थप ज्ञान प्राप्त हुने बताए ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य दिपक श्रेष्ठ, प्रेस चाैतारी नेपालका गाेरखा जिल्ला अध्यक्ष अश्विन दानी , जिल्ला स्थित पत्रकार महासँघका अधिकारीहरु, विभिन्न मिडियामा काम गर्ने पत्रकारहरुकाे सहभागिता रहेकाे छ । तालिममा प्रशिक्षक सन्ताेष पाेखरेलले सहजिकरण गरेका छन् । उद्घाटन सत्रकाे कार्यक्रम नेपाल पत्रकार महासँघ गाेरखा शाखाका अध्यक्ष नरहरी सापकाेटाकाे सभापतित्वमा भएकाे हाे ।

 

 

 

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here