उम्मेदवारहरु जनताका घरदैलाेमा

मङ्लबार, कार्तिक ८, २०७९
0
143

गाेरखा । जिल्लाकाे दुइ वटा निर्वाचन क्षेत्र र ४ वटा प्रदेशसभा निर्वाचन क्षेत्रका उम्मेदवारहरु जनताका घरदैलाेमा शुभकामना आदानप्रदानका लागि पुग्न थालेका छन् ।

निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार राजेन्द्र बजगाइ मनाेनयन गरेकाे दिनदेखि जिल्लामा निरन्तर जनताका घरदैलाेमा अघि बढिरहेका छन् । पछिल्लाे १० वर्षदेखि समस्यामा परेका नागरिकहरुका लागि निरन्तर सहयाेग गर्दै आएका बजगाइ गाेरखाली समुदायवीच अत्यन्त लाेकप्रिय छन् । राष्ट्रिय अन्तराष्ट्रिय ख्याती प्राप्त व्यक्तित्व समेत रहेका बजगाइ एमालेका रामशरण बस्नेतसँगकाे प्रतिस्पर्धामा रहेका छन् । बजगाइ जसरी नै बस्नेत पनि माओवादी र काँग्रेस गठबन्धन वीचकाे घेरा ताेडेर निर्वाचन जित्ने दाउँमा विभिन्न काेठे बैठकमा याेजना बनाइरहेका छन् ।

निर्वाचन क्षेत्र नम्बर १ ख का प्रदेससभा उम्मेदवार नन्दु प्रसाद न्याैपाने आफ्नाे निर्वाचन क्षेत्रमा रहेका छन् । उनीसँगै अन्य प्रतिष्पर्धिहरुले पनि आफ्नाे क्षेत्र छाेडेका छैनन।  एमालेका माेहन भट्टराइ जसपाका राजेन्द्र पराजुली निरन्तर जनताकाे सेवा गर्न भन्दै मत मागिरहेका छन् । विद्यार्थी राजनीतिबाट उदायका न्याैपाने निरतन्तर जिल्लामा रहेर नेपाली काँग्रेसकाे राजनीतिमा सक्रिय छन् भने अन्य उम्मेदवारहरु मनाेनयन पछि जिल्लामा देखा परेका हुन् ।

निर्वाचन क्षेत्र नम्बर १ क मा कृष्ण धिताल गठबन्धन दल र सुरेन्द्र पाण्डे  नेकपा एमाले र राप्रपा नेपालकाे दलबाट उम्मेदवार रहेका छन् । उनीहरु समेत निर्वाचनकाे प्रचारमा घरदैलाेमा पुगेमा छन् ।

निर्वाचन क्षेत्र नम्बर २ मा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनताकाे घरदैलाे भेटघाटमा रहेका छन् । उनले दुइ पटक सम्म गाेरखा नगरपालिका र पालुङटारका नागरिकहरुसँग भेटघाट गरेका छन् । कार्तिक १२ र १३ गते उनी गाउँमा नागरिकहरुसँग चाडपर्वकाे लागि शुभकामना आदानप्रदान गर्न जाने तयारीमा छन् । उनीसँगका प्रतिष्पर्धीहरु फेसबुक लगायतका सामाजिक सञ्जाल मार्फत चुनाव प्रचारमा जुटिरहेका छन् ।

निर्वाचन क्षेत्र नम्बर २ ‘क’ का उम्मेदवार फडिन्द्र देवकाेटा निरन्तर जनताकाे घरदैलाेमा रहेका छन् । विद्यार्थी आन्दाेलनबाट उदायका देवकाेटा दाेस्राे बाबुराम भट्टराइकाे रुपमा चिनिन्छन् । अत्यन्त मिजासिला स्वभावका देवकाेटालाइ उम्मेदवारकाे रुपमा पाउनु यस क्षेत्रका नागरिकहरुकाे भाग्य बलियाे भएकाे दावी यस क्षेत्रका नागरिकहरुकाे रहेकाे छ । क्षेत्र क मा पालुङ्टार र गाेरखा नगरपालिका भित्रका ७ वटा पर्दछन् । उनीसँगै नेकपा एमालेका राजु थापा प्रतिस्पर्धामा रहेका छन् ।

क्षेत्र नम्बर २ ‘ख’ मा नेपाली काँग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डे चुनावी मैदानमा रहेका छन् । उनीसँगकाे प्रतिष्पर्धामा नेकपा एमालेका बसन्त गुरुङ रहेका छन् । उनीहरु यतिबेला निर्वाचन क्षेत्रमा जनताका घरदैलाेमा प्रचारमा जुटेका छन् । पाण्डे गण्डकी प्रदेशका लागि मुख्यमन्त्रिका उम्मेदवार समेत हुन् । यस अघि प्रदेशमा दुइ जना मुख्यमन्त्री हुँदा लमजुङ र नवलपुरले मुख्यमन्त्री पाएकाे थियाे । पाण्डे विजयी हुँदा गाेरखाले मुख्यमन्त्री प्राप्त हुनेछ । जिल्लाले मुख्यमन्त्री पाउँदा विकास निर्माणमा उलेख्य प्रगति हुनेभएकाेले यस क्षेत्रका नागरिकहरु पाण्डलाइ अत्यधिक मतले विजयी गराउन लागि परेका त्यस क्षेत्रका नागरिकहरुले जानकारी दिएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here