कात्तिक ११, गाेरखा । जिल्ला स्थित गाेरखा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको छ । दिउँसो घरमा बसिरहेका बेला एक्कासी लडेर बेहोस हुनुभएका रानाको उपचारका लागि गोरखा अस्पताल पुर्याएकाे थियाे ।
अस्पताल ल्याउदा उहाँको मृत्यु भइसकेको अस्पताल स्रोतले जानकारी दिएकाे छ । वडाध्यक्ष रानाको अन्दाजी ७ः३० बजे निधन भएको परिवारिक स्रोतले जनाएको छ । मृत्युको कारण भने खुल्न बाँकी छ ।
वडाध्यक्ष रानामगर गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । युवाहरु माझ लाेकप्रिय रहेका रानाकाे निधनले गाेरखा जिल्लालाइ अपूरणीय क्षेति पुग्न गएकाे छ ।






