एमालेका वडा अध्यक्ष सहित ३५ जना मा‌ओवादी केन्द्रमा प्रवेश

मङ्लबार, कार्तिक १५, २०७९
0
193

कार्तिक, १५ गाेरखा । गोरखाको सहिद लखन गाउँपालिका नेकपा एमालेका नेता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । मंगलवार ताक्लुङमा आयोजित चुनावी अभियानको क्रममा वडा नम्बर-४ का वडाध्यक्ष मिलन थापासहित ३५ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

एमालेले लिएको नितिले देश प्रतिगमन तर्फ गएकोले संविधानको रक्षाको लागि माओवादी केन्द्र प्रवेश गरेको उनिहरुले बताए । जिल्लामा एमालेमा ठुलो पहिरो जाने अध्यक्ष थापाले बताए ।

उनीहरुलाई माओवादी केन्द्रका नेता लेख बहादुर थापा, अमर तमुलगायत गठबंधनका नेताले स्वागत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here