विकास, सुशासन र समृद्धिको आकाँक्षा पूरा गर्छौँ : प्रचण्ड

शुक्रबार, मंसिर ९, २०७९
0
123

गाेरखा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको विकास, सुशासन र समृद्धिको आकाँक्षा पूरा गर्ने बताएका छन् ।  गोरखामा मेरा उम्मेदवारी सबैको इञ्छा र चाहाना अनुसार नै भएको हो । गोरखाबाट गरिने हरेक काम विश्व भरि देखिने भएकाले यहाँबाट अव हरेक क्षेत्रको विकासको गति अघि बढाइनेछ ।

गोरखालाइ विकासको कम्प्याक्ट जिल्लाका रुपमा अगाडि बढाइनेछ । यहाँको पर्यटन, कृषि, जलविद्युत आयोजना, उद्योग, विमानस्थल निर्माणका काम र धुले बाटोलाइ कालोपत्रे गर्ने प्रक्रिया अघि बढाइने उनले बताए ।

निर्वाचित प्रमाणपत्र ग्रहण गरेपछि हरमटारी चोकमा भएको चुनावी सभालाइ सम्बोधन गर्दै प्रचण्डले जनताले दिएको अवसरलाइ जीवनको अन्तिम समयमा सुशासन र विकासमा समय लगाउने बताए ।

निर्वाचनमा अपेक्षा गरिए अनुसार परिणाम नआएपनि गठबन्धनको जीत भएको उनले बताए । ७५ वर्ष अघि देखि सँघर्ष गरेर ल्याएका उपलब्धिहरु गुम्न नदिने उनकाे भनाइ छ । निर्वाचनमा जिम्मेवारी पूरागर्ने सबैलाइ उनले धन्यवाद दिए। पछिल्लो समय राजनीतिमा देखिएको वेथितिको अन्त्य गर्न लागि पर्ने बताउँदै जनताले गरेको फैसलाको उच्च सम्मान गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here