पाेखरा । मुस्ताङ जिल्लाकाे जाेमसाेममा भारी हिमपात भएकाे छ । आज विहानै देखि बाक्लाे हिमपात भइरहेकाे पत्रकार सुशिल थकालीले जानकारी दिए । जमिन ताताे भएका कारण हिउँ पग्लिएकाे अवस्था छ । यसरी नै हिउँ परिरहे भरेसम्म मुस्ताङ सेताम्य हुने उनले बताए ।
यस वर्ष मुस्ताङमा पहिलाे पटक हिमपात भएकाे हाे । हिमपात भएपछि जाडाे बढेपनि यहाँका नागरिकहरु खेतीलाइ राम्राे हुने भन्दै खुशी भएका उनले बताए ।






