बुङ्काेट स्वास्थ्य चाैकीमा आगलागी

आइतवार, जेष्ठ ७, २०८०
0
153

गाेरखा । जिल्लाकाे  शहिद लखन गाउँपालिका वडा नं -७ बुङकोट खाब्दि भन्ज्याङमा रहेको बुंकोट स्वास्थ्य चौकीको भवनमा आज बिहान करिब ४:३० बजे बिद्युत लाईन सट भई  आगलागी भएकाे छ ।

आगलागि नियन्त्रणका लागि स्थानीय नागिरक, जनप्रतिनिधिहरु,कर्मचारी,नेपाली सेना श्री रिपुमर्दन गण गोरखा,सशस्त्र प्रहरी बल गोरखा,नेपाल प्रहरी एवं रेडक्रस सोसाईटीका स्वमसेवकहरु खटिएका थिए । आागाे विहान ६:३० मा नियन्त्रणमा आएकाे गाउँपालिका अध्यक्ष रमेश थापा मगरले बताए ।

आगाे नियन्त्रणका लागि गाउँ गाउँबाट मानिसहरु आएका थिए । आगाेलागिका कारण भएकाे क्षेतिकाे विवरण सँङ्कलन भइरहेकाे वडा अध्यक्ष शरण श्रेष्ठले बताए ।

आगाेलागिका कारण स्वास्थ्य चाैकीबाट हुने सेवा प्रवाहमा समस्या भएकाे छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here