काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुबोधले ‘जनयुद्ध’ शब्दप्रति आपत्ति जनाएका नेकपा एमालेका सांसद योगेश भट्टराईलाई विपी कोइरालाको डायरी पढ्न सुझाव दिएका छन्।
उनले जनयुद्ध महान क्रान्ति भएको भन्दै रोस्टमबाटै ‘जनयुद्ध जिन्दावाद’ समेत भनेका छन्। ‘बालाई खुसी पार्न आफ्नो निष्ठा कमजोर पारेर व्यंग्य गर्ने बैगुनी कमरेडलाई म भन्न चाहन्छु। जनयुृद्ध त्यो महान क्रान्ति थियो, म गर्वका साथ यो रोस्टमबाट जनयुद्ध जिन्दावाद भन्न चाहन्छु,’ सांसद सापकोटाले भने।
आजकै संसदमा एमाले सांसद योगेश भट्टराईले कुनैपनि सरकारी दस्तावेजमा जनयुद्ध शब्द नभएको भन्दै प्रधानमन्त्रीले यो पटक राष्ट्रपतिलाई पढ्न लगाएको बताएका थिए।
सांसद सापकोटाले अघि भने, ‘हुन त ज्ञान पनि पूर्ण त हुँदैन, तर नियतिमा भन्दा ज्ञानमा नै ज्ञानमा नै बढी निर्भर रहनुपर्छ जीन्दगी भनेर लेख्नुभएको रहेछ। म एकपटक बैगुनी कमरेडलाई विपीको यो डायरी अध्ययन गर्न अनुरोध गर्न चाहन्छु।






