गाेरखा । आज मिति साउन ५ गतेका दिन नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा गोरखाको आयोजनामा भएकाे रक्तदान कार्यक्रममा ४१ पिन्ट रगत सङ्कलन भएकाे छ ।
गोरखा नगरपालिकाका नगर प्रमुखको प्रमुख आतिथ्यता र नेपाल स्वयंसेवी रक्तदाता समाज संस्थाका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यकाे रक्तदान कार्यक्रममा सहभागिता रहेकाे थियाे ।
कर्माचार्यले आज १७९ औँ पटक रक्तदान गर्नुभएकाे छ । रक्तदान गर्नु जीवनदान गरे सरह भएकाेले आफूले निरन्तर रक्तदान गर्दै आएकाे कर्मचार्यले बताउनुभयाे ।
कार्यक्रम गाेरखा नगरपालिका वडा नम्बर ११ काे प्राङ्गणमा भएकाे थियाे ।






