गोरखा नगरपालिकाको नीति तथा कार्यक्रम अनुसार बजेट १ अर्ब ३ करोड २४ लाख पारीत

बुधबार, असार १०, २०८३
0
7

गाेरखा । गोरखा नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि १ अर्ब ३ करोड २४ लाख ५० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नीति तथा कार्यक्रम अनुसार आज बजेट पारीत भएकाे हाे ।

बुधबार सम्पन्न १९औँ नगरसभामा उपप्रमुख मसलीमाया थोकरले बजेट प्रस्तुत गरेकी हुन्। बजेटको आयतर्फ संघीय र प्रदेश अनुदान, राजस्व बाँडफाँड, ८ करोड ९६ लाख १३ हजार आन्तरिक आय तथा १३ करोड नगद मौज्दात समेटिएको छ।

खर्चतर्फ सशर्त अनुदानमा ३९ करोड ७४ लाख, वडा कार्यालयका लागि १४ करोड, प्रशासनिक तथा पुँजीगत खर्चमा २० करोड र विभिन्न साझेदारी तथा विकास कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ।

नगरपालिकाले शिक्षा क्षेत्रमा ३ करोड, स्वास्थ्य तथा आयुर्वेदमा १ करोड ७० लाख, सामाजिक विकासमा १ करोड ६० लाख, कृषि तथा पशु विकासमा १ करोड २० लाख, न्यायिक समिति तथा उपप्रमुख नेतृत्व विकास कार्यक्रममा ६५ लाख, वन तथा विपद् व्यवस्थापनमा ६० लाख र सुशासन प्रवर्द्धनमा ३५ लाख रुपैयाँ विनियोजन गरेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here