यी हरेक साँझ आउछन् तिम्रो याद लिएर
सम्झना पनि जान्छ नयनमा आँसु दिएर
मलाइ पर्खाइ छ अँझै त्यो खुशी जिवनको
जो आउँछ बुझ्दैन दुख मेरो भित्री मनको
आज भोलि तिमी आउँने आस लिएकी छु
नजरदेखि नजरसम्म तिम्रै खबर दिएकी छु
मायामा भएको तड्पाई र वर्षातले रुवायो
तेसैमाथी समयले पनि दुख पिँडा खुवायो
मैले बुझेको छु तिम्रो साथ तिम्रो मायाँलाई
बा छोडेर जानु भो जिम्मेवारी दिएर दाईलाई
कोहि मेटाउन सक्दैनन् यो मुटुको धड्कन हो
दुनियाँले डाहा गरेपनि मिल्ने तिम्रो मेरो मन हो
उठाउँछन् नजर मेरो प्रगतिशिल माथि दुश्मन
हेर्दैछु म पनि यसरी कहाँ पुगाउछन त्यो जिवन
जिउदो रहु म, तिम्रो कामना छ मेरो लागि यहाँ
म तिम्रो दिलभित्र पुग्छु सम्झनामा हराएर कहाँ
सपना न्यौपाने
काठमाडौं मुलपानी






