थाहै पाउदिन रात हुन्छ कि दिन हुन्छ यो दायाँ बाँया नगई जिवन समय मासेकै छु

मङ्लबार, माघ २७, २०७७
0
251

सोध्छेउ खबर जसो तसो कासेकै छु
भित्री मन दुखाँएर बाहिर हाँसेकै छु

बिदा दिएर आखाँ भरि आसु बनायौ
भुल्न नसकि तिम्रो पवित्र नाता गाँसेकै छु

यो जिउ गलेर भुतूक्क भईरहदा पनि यहाँ
हृदयमा पल पल तिम्रो तस्वीर टासेकै छु

थाहै पाउदिन रात हुन्छ कि दिन हुन्छ यो
दायाँ बाँया नगई जिवन समय मासेकै छु

तिम्ले नगर्नु फोन मलाई बारम्बार हेर प्रिया
बेला बेला मनमा सम्झनाको छुरा धासेकैछु

सुरेश पाण्डेय
सुर्खेत विरेन्द्रनगर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here