बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यारालाई आज सार्वजनिक गर्ने

बुधबार, फाल्गुन ५, २०७७
0
252

काठमाडौं ,५ फागुन । प्रहरीले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यारालाई आज सार्वजनिक गर्ने भएको छ ।

भागरथीसँगै स्थानीय सनातम धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत युवकले बलात्कारपछि हत्या गरेको स्वीकार गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।

ती व्यक्तिलाई पत्रकार सम्मेलनमार्फत आज सार्वजनिक गर्ने प्रहरीले तयारी गरेको हो । उनले प्रहरी समक्ष भीरबाट लडाएर घाइते बनाएपछि बलात्कार गरेर ज्यान लिएको वयान दिएको सिंहले बताउनुभयो ।

दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव माघ २२ गते खोचलेक–चडेपानी ग्रामीण सडकखण्डको लवलेक जंगलमा सडकबाट १ सय मिटर तल झाडीमा फेला परेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here