१,
भन्छन सहर अनि धन धनि हरुको हो//
ठुला छन घर जिबन धनि हरुको हो//
कयौँ टुहुरा रुदैँ माग्दै सडकमा हिड्छन//
दिँदैनन् एक पैसा वा मन धनि हरुको हो//
२,
खै किन उनि सबै कुरा प्रेम दिवसमै भन्छु भन्छिन्//
यही अवसर पारी तिमी मेरो म तिम्रो बन्छु भन्छिन्//
म तिम्रो बन्न मन त छनि मलाई तिमी बनाउ मात्रै है//
तिमी साथमा भए सुख छोडी दु:ख सहन्छु भन्छिन्//
३
खै किन चोरेर यो मन फरार भयौँ//
आज दिएर ठूलो बचन फरार भयौँ//
आफु खुसी हुदा मेरो बारे सोचिनौँ//
बरबाद नैं पारेर जिवन फरार भयौँ//
४,
मायामा सिन्दुर अनि चुरा पनि हुन्छन् र //
छक्कायर जान्छन छुरा पनि हुन्छन् र //
म आफ्नै सम्झी उस्लाई माया गरीरहे//
सोचेका सबै सपना अधुरा पनि हुन्छन् र //
५,
तिम्रो रुप सँगसँगै – तिम्रो बोलि वा गजब लाग्छ//
न त बोल्छौ तिमीले दिल खोलि वा गजब लाग्छ//
मैले वास्ता नगरे पनि तिमी किन हो किन फेरि
मेरो अघिपछि नै छौ आजभोलि वा गजब लाग्छ//
जगत थापा
सुदुरपश्चिम बझाङ्ग
हाल ईन्डिया






