बारपाकमा ५८ जना काेराेना सङक्रमित

शुक्रबार, जेष्ठ १४, २०७८
0
306

गाेरखा । जिल्लाकाे बारपाक सुलिकाेट गाउँपालिका वडा नम्बर १ र २ मा आज गरिएकाे एन्टिजेन परीक्षणमा ५८ जना सङक्रमित पुष्टि भएकाे नानीवावु दानीले बताए ।

परीक्षण भएका कुल ७२२ जनामा साे सङ्ख्यामा सङक्रमितहरु देखिएका हुन् । यस अघि ६३ जनामा सङक्रमण पुष्टि भएकाे थियाे । गएकाे अघिल्लाे हप्ता मँगलबार नेकपा  माअाेवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठकाे टाेलीले गरेकाे परिक्षणमा ७० जनामा ३३ जनाकाे नतिजा पाेजेटिभ देखिएकाे थियाे । श्रेष्ठले तत्कालै स्थिति जटिल रहेकाले बारपाकमा स्वास्थ्यकर्मीकाे टाेली पठाएर एन्टिजेन टेष्ट गर्न  निर्देशन दिएका थिए ।

शनिबार पनि परीक्षण हुने प्रदेश स्वास्थ्य निर्देशनालयकाे जनस्वास्थ्य निरीक्षक दानीले बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here