Home Breaking News खोलाले बगाउँदा डोल्पामा दुई जनाको मृत्यु

खोलाले बगाउँदा डोल्पामा दुई जनाको मृत्यु

मङ्लबार, भदौ १२, २०७५
0
198

जाजरकोट, १२ भदौ : खोलाले बगाउँदा डोल्पामा दुई जनाको मृत्यु भएको छ ।

तिब्बतको क्याटो र मरिम्लामा लाग्ने हाट बजारबाट फर्किने क्रमम शनिबार शे–फोक्सुण्डो गाउँपालिका–४ नाम्दोका ६३ वर्षीय नाम्ग्याल लामा तथा छार्का ताङसोङ गाउँँपालिकाका एक युवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अवधेश विष्टले जानकारी दिनुभयो ।

हाट बजारबाट फर्किने क्रममा दुवै जनालाई खोलाले बगाएको हो । क्याटो र मरिम्लामा वर्षमा एक पटक हाट बजार लाग्ने गर्छ । यस वर्ष गत साउन २५ गतेदेखि यहि भदौ १० गतेसम्म हाट बजार लागेको थियो ।

NO COMMENTS