‘चराको गीत’ कविता सङ्ग्रह लोकार्पण

मङ्लबार, भदौ १२, २०७५
0
474

काठमाडौँ, १२ भदौ : साहित्यकार एवं अमेरिकाका लागि नेपाली वाणिज्यदूत कृसु क्षेत्रीद्वारा रचित ‘चराको गीत’ कविता सङ्ग्रह लोकार्पण गरिएको छ ।

अमेरिकाको न्यूयोर्कस्थित ज्याक्सन हाइटमा शनिबार एक समारोहबीच अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुनकुमार कार्कीले सो कविता सङ्ग्रहको विमोचन गर्नुभएको हो । सो सङ्ग्रहलाई साझा प्रकाशनले प्रकाशनमा ल्याएको हो । कार्यक्रममा साहित्यकार क्षेत्रीले आफ्ना कविता बाचन गर्नुभएको थियो ।

साहित्यकार क्षेत्रीका अर्धमुद्रित आँखाहरु (गजल), बोधिसत्वको मृत्युउत्सव (कविता), आगोको मुर्छना (विलयन काव्य), रगतको दरबार (विलयन काव्य), म्यानमारमा नेपाली भाषा ‘साहित्य र संस्कृति’ जापानमा नेपाली भाषा र साहित्य तथा चौध वर्षपछि (संयुक्त कविता) लगायतका कृति प्रकाशित छन् । उहाँ युवा वर्ष मोती पुरस्कार (२०६६), राष्ट्रिय प्रतिभा पुरस्कार (२०५८), गजलश्री सम्मान (२०६०), राष्ट्रिय कविता महोत्सव २०५७ (स्वर्ण पदक), राष्ट्रिय युवा प्रतिभा पुरस्कार (२०७२), देवकोटा शताब्दी स्वर्ण पदकलगायत पुरस्कारबाट सम्मानित हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here