साउन ३१ गोरखा । शहिद लखन गाउँपालिका भित्र साउन २६ र २७ गते संकलन भएको स्वाव प्रयोगशालामा परीक्षणको क्रममा ४९ जनाको कोरोना भाईरस नेगेटिभ देखिएको छ ।
भारत लगायत तेश्रो मुलुकबाट आएका १४ जना र वाहिरी जिल्लाबाट आएका ३५ जना शिक्षकहरुको नतिजा नेगेटिभ आएको हो ।
स्वाव संकलन लगायतका कार्यमा सहयोग गर्ने स्वास्थ्य कर्मी, क्वारेन्टाइनमा बसेर सहयोग गर्ने नागरिक सबैलाई गाउँपालिका अध्यक्ष रमेश थापा मगरले सामाजिक सञ्जाल मार्फत धन्यवाद प्रदान गरेका छन् ।