Home Breaking News पालुङटार विमानस्थलमा जहाज उड्ने

पालुङटार विमानस्थलमा जहाज उड्ने

शनिबार, साउन ३१, २०७७
0
394

नेपाल बायुसेवा निगमको जहाज

साउन ३१ गोरखा । जिल्लामा रहेको एक मात्र पालुङटार विमानस्थलमा साना जहाज उड्ने भएको छ ।  विमानस्थल सञ्चालनका लागि  तीन करोड सत्र लाखमा ठेक्का सम्झौता भएको हो ।

पालुङटार नगरपालिका वडा नं-५ मा रहेको उक्त विमानस्थल संञ्‍चालनमा ल्याउन संरचना निर्माण र हाल भएको हवाइैमैदान सुधारका लागि असार ३१ गते ठेक्का सम्झौता भएको हो ।

पूर्वाधार निर्माण र सुधारको काम सक्ने गरि काष्ठमण्डप कन्स्ट्रक्सन प्रालिसँग ३ करोड १७ लाख ५० हजार ४ शय ४१ रुपैयाँमा ठेक्का सम्झौता भएको हो ।

वजेटबाट योजना अनुसार मैदान सम्याउने, ग्राभेल सहितको रनवे बनाउने, लगायतका काम गर्नुपर्दछ। यसै आर्थिक वर्ष भित्र काम सकेर साना जहाज उडाउने तयारी गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

जिल्लाको एक मात्र पालुङटार विमानस्थल सञ्चालनका लागि गोरखाका संघीय सांसदहरुले पहलकदमी गर्दै आएका थिए ।

NO COMMENTS