Home Breaking News कैलाशखाेला वितण्डा , मृतक ६ मध्ये ३ को सनाखत

कैलाशखाेला वितण्डा , मृतक ६ मध्ये ३ को सनाखत

बिहिबार, भदौ ४, २०७७
0
234

भदौ ४ ,अछाम। जिल्लाकाे रामारोशन गाउँपालिका–५ मा कैलाश खोलाको बाढीले स्थानीय सैनीबजार बगाउँदा बेपत्ता भएका ११ जना खाेजि कार्य जारी रहेकाे छ ।

बुधवार बिहान १ बजे कैलाश खोलामा आएको बाढीले बस्ती बगाउँदा १७ जना बेपत्ता भएका थिए । तीमध्ये ६ जनाको शव बुधबार साँझसम्म भेटिएको थियो । अझै ११ जना बेपत्ता रहेको र उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बाढीले बेपत्ता परेकाहरु तल्लो तटीय क्षेत्रमा पुगेको हुन सक्ने अनुमान गरे । उनले भने ‘अहिले खोजीका लागि डोटी र कैलाली जिल्लामा समेत समन्वय भइरहेको छ ।’

‘नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी अहिले पनि बेपत्ताहरूको खोजीमा छन्,’ जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक योगेन्द्र सिंह थापाले भने, ‘हिजो राति अबेरसम्म पनि उनीहरुको खोजी भइरहेको थियो ।’ बाढीमा बगेर ३ जना घाइते भएका थिए । उनीहरुको उद्धारपश्चात स्थानीय स्वास्थ्य चौकीमै उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार न्यूनतम २२ घरधुरी बाढीले बगाएको छ । ९ ओटा झोलुङ्गे पुलमा र ५ लघु जलविद्युत आयोजनामा समेत क्षति पुगेको छ ।

‘४ मोटरसाइकल, एउटा एम्बुलेन्स र २ ओटा साना गाडीसमेत बाढीले बगाएको छ,’ प्रजिअ उपाध्यायले भने, ‘ठूलो संख्यामा पशु चौपाया पनि बगाएको जानकारी प्राप्त भएको छ ।’

३ जनाको सनाखत

प्रहरी नायव उपरीक्षक थापाका अनुसार अछाम रामारोशन गाउँपालिका ४ का १२ वर्षीय नवीन साउद, वडा नम्बर ५ का अन्दाजी ३३ वर्षीय गौरी शाह र चन्द्र साउद मृत अवस्थामा फेला परेका थिए । अन्य तीन जनाको अझै सनाखत हुन नसकेको उनले जानकारी दिए ।

मृतक नवीन साउदको शव परिवारलाई बुझाइएको छ भने ५ जनाको शव जिल्ला अस्पताल अछामको शव गृहमा राखिएको छ । उच्च जोखिममा रहेका १७ परिवारका करिब ७० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । उनीहरूलाई हाल मेल्लेख गाउँपालिका वडा नम्बर ५ स्थित नन्दा देवी आधारभूत विद्यालय र कैलेस्वरी प्राविमा राखिएको डिएसपी थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

89%

दुःखी

11%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित खवर

Advertisment

NO COMMENTS