Home बिबिध पहिराे पिडितलाइ ५० हजार नगद सहयाेग

पहिराे पिडितलाइ ५० हजार नगद सहयाेग

मङ्लबार, भदौ २३, २०७७
0
129

भदाै २३ गाेरखा ।

गोरखाको अजिरकोट गाउँपालिका वडा नम्वर १ धन्सिरा स्थित साउने पानीका पहिरो पीडित पाँच घरधुरीलाई  गोरखा समाज हङकङबाट प्राप्त भएको नगद ५० हजार पहिरो पीडितलाइ हस्तान्तरण  गरिएको छ ।

आइतबार पहिरो पिडितको घरमै पुगेर ५० हजार नगद हस्तान्तरण गरिएको हाे । अविरल बर्षाका कारण गत साउन २८ गते गएको पहिरोले घरमा क्षति पुगेसँगै पीडितहरु नजिकैको सुरक्षित ठाउँमा टहरो निर्माण गरी बस्दै आएका छन् ।

समाजले पिडितका लागि पठाएकाे रकममा  स्थानिय राजनैतिक पार्टिका नेताहरुले राजनिति गरेकाे प्रति समाजले दुख समेत व्यक्त गरेकाे छ । दुखमा परेका नागरिकहरुका लागि आफुहरु सहयाेग गर्न सँधै तयार रहेकाे समाजले जनाएकाे छ ।

NO COMMENTS