कोरोना भारइस राेक्न धारामा लुगा धुन राेक लगाइयाे

मङ्लबार, भदौ २३, २०७७
0
148

भदाै २३ गाेरखा ।

गोरखा सदरमुकाममा बिभिन्न ३ वटा टोल सुधार समितिले कोरोना भाइरस (कोभिड १९) सम्भावित संक्रमणको जोखिम न्युनीकरणका लागि भन्दै एक हप्तासम्मका लागि धारामा लुगा धुन रोक लगाएको छ ।

गोरखा नगरपालिका वडा नम्बर ६ स्थित छहरे टोल बिकास संस्था, चन्देनी टोल बिकास संस्था र गैराबारी टोल बिकास संस्थाको संयुक्त बैठकले छहरे धारामा मंगलबारदेखि भदौ २९ गतेसम्म लुगा रोक लगाउने निर्णय गरेको छहरे टोल बिकास संस्थाका अध्यक्ष भक्तराम रानाले जानकारी दिए

टोल बिकास संस्थाहरुको बैठकले छहरे टोलमा रहेको धारामा पानी भर्नका लागि जाँदा अनिवार्य रुपमा मास्क लगाएर मात्र जानु पर्ने तथा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड भित्र रहेर भौतिक दुरी कायम गरि पानी भर्नका लागि आउजाउ गर्न पाउने निर्णय गरेको उनले बताए । 

  टोल भित्र होटलमा बसेर धुम्रपान तथा मध्यपान गर्न समेत टोल सुधार समितिले रोक लगाएको छ । जिल्ला भन्दा बाहिरबाट आउने जो केही टोल भित्र आउदा अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने ३ वटा टोल सुधार समितिको संयुक्त बैठकले निर्णय गरेको अध्यक्ष रानाले बताएका छन् । ऌ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here