भदौ २६ गाेरखा ।
गोरखामा आज थप ३ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य निर्देशनालयले शुक्रबार १ः ४० बजे जारी गरेको प्रेस बिज्ञप्तीमा गोरखाको भीमसेन थापा गाउँपालिका, गोरखा नगरपालिका तथा अजिरकोट गाउँपालिका १र१ जनाका कोरोना संक्रमण भेटिएको जनाएको छ ।
संक्रमितहरुमा गोरखा नगरपालिका–६ की ३३ बर्षिय महिला, अजिरकोट गाउँपालिका –२ की ७८ बर्षिय महिला र भीमसेन थापा गाउँपालिका–३ की ४३ बर्षिय महिला रहेको निर्देशनालयका निर्देशक डा। बिनोदबिन्दु शर्माले जानकारी दिए । उनिहरुको चितवन मेडिकल कलेज चितवनमा स्वांब परीक्षण गरिएको थियो ।