भदाै २७ गाेरखा । जिल्लाका ११ वटा गाउँपालिका मध्येकाे दक्षिणी क्षेत्रमा पृथ्वी राजमार्गसँग जाेडिएकाे गाउँपालिका हाे गण्डकी गाउँपालिका । दुइ नगरपालिका र ९ गाउँपालिका रहेकाे गाेरखाका अन्य पालिकाहरुले समयमै नीति तथा कार्यक्रम गाउँसभाबाट स्वीकृत गरी काम गर्दै आइरहेका छन् ।
सुगम मानिएकाे गण्डकी गाउँपालिकामा केन्द्र कहाँ राख्ने भन्ने कुराकाे एकिन नहुँदा असार १० गतेभित्र हुनुपर्ने गाउँसभा आजका दिन सम्म हुन सकेकाे छैन ।
बहुमत पालिका सदस्यहरुले कार्यापालिका बैठक बाेलाउन साउन २६ गते लिखित निवेदन दिएपछि पालिकाले भदाै २४ गते बेठक राखेर सहमतिमा बजेट स्विकृत गर्ने र केन्द्र कायम सम्बन्धमा पुन सहमति खाेज्ने निर्णय भएकाे कार्यापालिका सदस्य जीवन गुरुङले बताए ।
प्रशासनिक भवन निर्माणका लागि छुट्याएकाे दुइ कराेड ५० लाख रुपैयाँ समपुरक काेषमा राख्ने र सहमति भए प्रशासनिक भवन निर्माणमा खर्च गर्ने नभए अन्य विकास निर्माणका शिर्षकमा खर्च गर्ने निर्णय भएकाे उनले बताए । गाउँसभा कहिले गर्ने अध्यक्ष ज्यूलाइ जिम्मा दिएका छाै उहाँले अव छिट्टै बाेलाउनु हुन्छ हाेला गुरुङले थप जानकारी दिए ।
किन भयाे गाउँसभामा ढिलाइ
पालिकाकाे प्रशासनिक केन्द्र केन्द्र कहाँ राख्ने भन्ने मुख्य कुरा रहेकाे र यसबारे निर्णय गर्ने अधिकार जिल्ला स्थित राजनैतिक नेतृत्वलाइ दिइएकाे छ । जिल्ला नेतृत्वमा पनि सहमति जुट्न नसके पुन पालिकामै छलफल हुने र त्यसकाे सँयाेजन गर्ने जिम्मा पालिका अध्यक्षलाइ दिइएकाे वडा नम्वर ७ का वडा अध्यक्ष तुलसी रेग्मीले बताए । अध्यक्ष ज्यूले सक्रियता देखाएर काम गर्नुहुनेछ भन्नेमा हामी विश्वस्त छाै, उहाँकै माग अनुसार कार्यापालिकामा निर्णय भएकाे हाे । प्रशासनिक भवन बनाउने स्थान सबैलाइ पायक पर्ने ठाउँमा हुनुपर्याे भन्ने मात्रै हाम्राे माग हाे, रेग्मीले भने ।
गाउँपालिका उपाध्यक्षकाे भनाइ
गाउँसभा गर्ने भन्ने निर्णय भैसक्याे अव केही दिन भित्रै सभा हुन्छ ।
गण्डकी गाउँपालिका उपाध्यक्ष ललिता अधिकारी
गाउँपालिका अध्यक्ष के भन्छन् ?
गाउँसभा गर्ने निर्णय भैसकेकाे छ । अव छिट्टै हुन्छ, असाेज पहिलाे साता उता सभा जाँदैन ।
गण्डकी गाउँपालिका अध्यक्ष हाेमबहादुर राना