गजल

शनिबार, भदौ २७, २०७७
0
271

यहाँ मित्रहरूले बराबर प्यार अरु को गर्छ ।
अंगालो हालेर पिठ्युँमा प्रहार अरु को गर्छ ।

सायद भूतपुर्व प्रेमिकाको, छोरा हुनुपर्छ ऊ,
नत्र चिन्नु न जान्नु मामा नमस्कार अरु को गर्छ ।

कि नेता नै हुनुपर्छ, कि त सरकारी कर्मचारी,
भलै सिमा बेच्ने जस्तो भ्रष्टाचार अरु को गर्छ ।

म मात्रै हुँ जलेको प्रेम सम्झेर, खुशी भैरहने,
घरै जलेपछि खरानीको सम्भार अरु को गर्छ ।

मन्दिर-मस्जिद जे भनेनि, भट्टि हो शराबीको,
भन्नुस दिल दुखेकाहरुको उद्धार अरु को गर्छ ।

अभि क्षेत्री `समर्पण´
तुल्सिपुर, दाङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here