म आफ्नै मुटु बेच्नलाई तयार छु के कति चहिन्छ
भन्नुहोस् ए हजुर म चाहिन्छ या सम्पती चहिन्छ
जो हिड्छ अरुका चेलीको वैश र इज्जत लुट्दै
उसैलाइ साक्षात् लक्ष्मी जस्तै श्रीमती चाहिन्छ
धर्मशाला होइन दिल सबैलाई सित्तैँमा वास दिने
यो दिलमा पस्नपनि मायाप्रेमको उन्नती चाहिन्छ
मेरा यि आँखाहरु दृष्टिविहिन मेरो प्रेमीलाई दिनु
मृत्युपश्र्चात पनि मलाई उस्को प्रगति चाहिन्छ
यसकारण मैले आफ्नो शरीर बेच्ने निर्णय गरेको हु
किनकि मेरी आमालाई महङ्गो ओखती चाहिन्छ
हिमा भुसाल (प्रकृति)
राप्ती गाउँपालिका लालमटिय, देउखुरी दाङ ।






